नेसनल प्याव्सन बुढानिलकण्ठको आयोजनामा एक दिने गणित शिक्षक कार्यशाला गाेष्ठि सम्पन्न

नेसनल प्याव्सन बुढानिलकण्ठको आयोजनामा एक दिने गणित शिक्षक कार्यशाला गाेष्ठि सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,साउन २०।
राष्ट्रिय निजि तथा आवासिय विद्यालय सङ्गठन बुढानिलकण्ठ  नगर कमिटिकाे आयाेजनामा  प्राथामिक तह र मा.वि तहका शिक्षकहरुका लागि  १ दिने गणित  कार्यशाला गाेष्ठि  सम्पन्न  भएकाे छ।
बुनपा नगर कमिटिकाे कार्यालय  कपनमा भएको  कार्यक्रमकाे सभापति एन प्याब्सनका अध्यक्ष  नारायणबाबु तिम्सिनारहेका थिए भने कार्यक्रम सञ्चालन एन प्याब्सन सचिव लेख जङ्ग खत्रिले गरेका थिए।
  नगर कमिटि उपाध्यक्ष  राजेश्वर तिवारिले स्वागत मन्तव्य राखेको  कार्यक्रममा जिल्ला एन प्याब्सन सहसचिव समीर वास्ताेला र एन प्याब्सन जिल्लाका सदस्य तथा परीक्षा प्रमुख नारायण सापकाेटाका साथै विभिन्न स्कुलका प्रिन्सपल हरूकाे उपस्थितमा रहेकाे थियाे ।
उक्त तालिममा मुख्य प्रशिक्षक भुमिका सागर दाहाल र कृष्ण गाेसाईले गरेका थिए  ।
उक्त तालिम कार्यक्रममा १८ वटा विद्यालयका करिब ४० जना शिक्षक/ शिक्षिकाहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यशालामा प्रमुख अतिथि एन प्याब्सन केन्द्रीय कमिटिका महासचिव पारसमणि दाहालले कार्यशाला गाेष्ठिका उपस्थितिहरूलाई प्रमाणपत्र वितरण तथा मन्तव्य राखेका थिए  ।
तपाइँको प्रतिक्रिया ।