सोलुखुम्बुका दलहरुद्वारा शान्ति स्थापनाका लागि साझा प्रतिबद्धता पत्र जारी

सोलुखुम्बु, २८ असार । सोलुखुम्बुमा क्रियाशील राजनीतिक दलले जिल्लामा दिगो शान्ति स्थापनाका लागि साझा प्रतिबद्धता गरेका छन् ।

स्थानीय शान्ति समिति सोलुखुम्बुको पहलमा जिल्लामा क्रियाशील दलले गरेको साझा प्रतिबद्धता आज सल्लेरीमा आयोजित शान्ति सभामा सार्वजनिक गरियो ।

प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकाल र स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक चन्द्रप्रसाद आचार्यको रोहबरमा गरिएको साझा प्रतिबद्धतामा जिल्लामा क्रियाशील आठवटै राजनीतिक दलले हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धता पत्रमा विभिन्न नौवटा बुँदा समेटिएको छ । दलले द्वन्द्व पीडितका लागि राहत तथा पुनःस्थापना, शिक्षा, विकास निर्माण, भूकम्पपछिको राहत तथा पुनःनिर्माण, महिला,ज्येष्ठ नागरिक, अपाङ्गता तथा बालबालिका, युवा तथा बेरोजगारी समस्या, मानव संसाधन÷उपभोक्ता हित संरक्षण, वातावरणलगायतका विषय समेटिएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।