टेक्सास इन्टरनेसनल कलेजको कक्षा ११ लाई अभिमुखीकरण सम्पन्न

कपन अनलाइन
काठमाडौं, साउन १९।

टेक्सास इन्टरनेसनल कलेजको कक्षा ११ लाई अभिमुखीकरण सम्पन्न भएको छ। चावाहिलमा रहेको स्मार्ट पार्टी प्यालेसमा भएको अभिमुखीकरण कार्यक्रममा उत्प्रेरणा मुलक कार्यक्रमका साथै विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।

टेक्सास एजुकेशन नेटवर्कका उपाध्यक्ष तथा त्रिवी व्यवस्थापन संकायका पुर्व डीन प्रा डा गोविन्द प्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा कलेजका प्रिन्सिपल भेषराज पोखरेल ,लाइफ कोच रविन कटवाल सहित चलचित्र ऐचो पैचोको टिम सहभागी रहेको थियो।

टेक्सास मावीका प्रिन्सिपल तथा कलेजका भाइस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राखेको सो अभिमुखीकरण कार्यक्रममा कलाकारहरुले उनीहरुले विद्यार्थीसँग अन्तक्रिया गर्दै फिल्म हेर्न निम्तो समेत दिदै  फिल्ममा समावेश ‘काले केटाले’ गीतमा नृत्य समेत गरेका थिए  ।

अग्नि प्रसाद लुइँटेलले संचालन गरेको सो कार्यक्रममा कलेजका विद्यार्थीहरुले गीत तथा नृत्यबाट नव आगन्तुक विद्यार्थीहरुलाई मनोरन्जन दिनुका साथै शिक्षकहरुको परिचय पनि गराइएको थियो।

 

तपाइँको प्रतिक्रिया ।