काठमाडौंका बुढानीलकण्ठ, जितपुर र आसपासमा भारी वर्षा,सतर्कता अपनाउन अनुरोध
कपन अनलाइन
काठमाडौं, साउन ११ ।
काठमाडौंका बुढानीलकण्ठ, जितपुर र आसपास पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ ।
विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया ।