Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/07/363362140_295352949846301_1051081913458648080_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भेनस नेसनल कलेजको अभिमुखीकरण र क्यारियर काउन्सेलिङ  सम्पन्न

कपन अनलाइन

काठमाडौं साउन ११ । काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले अभिमुखीकरण र क्यारियर काउन्सेलिङ  सम्पन्न गरेको छ । एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श प्रदान गर्दै आएको भेनस नेसनल कलेजले नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई लक्षित गरि अभिमुखीकरण र क्यारियर काउन्सेलिङ कार्यक्रम आयोजना गरेको  हो ।

आज भेनस कलेजले  त्रिबेणी ब्यांकेटमा आयोजित उक्त कार्यक्रममा भेनस नेसनल कलेजमा कक्षा ११ मा नया भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण र क्यारियर काउन्सेलिङ गरेको हो । भेनस नेसनल कलेजको संस्थापक अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा  नेपालका चर्चित कवि,नाट्यकर्मी तथा लेखक नवराज पराजुली गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख उप सचिव दण्डपाणीशर्मा शिक्षा अधिकृत टेकेन्द्र ढकाल,  क्याम्पस प्रमुख कृष्ण गौतम  लगायत बिद्यार्थीहरुको  उल्लेखनीय उपस्थिति रहेको  कार्यक्रममा भेनस  पब्लिक स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले पानसमा दिप प्रज्वलन सहित उद्घाटन गरेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले स्वागत नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख उप सचिव दण्डपाणी शर्मा भेनस नेसनल कलेजका निर्देशक मोहन अधिकारी फ्याकल्टी डिपार्टमेन्टको तर्फ बाट प्रेम बस्नेत लगायतले शुभकामना मन्तब्य राखेको उक्त कार्यक्रममा नेपालका चर्चित कवि,नाट्यकर्मी तथा लेखक नवराज पराजुलीले बिद्यार्थीहरुलाई कविता सहितको प्रस्तुति मार्फत उत्पेरित गरेका थिए । उनले विद्यार्थीको करियर निर्माणमा संघर्ष र साधनाले सफल बन्न सकिने उत्पेरणा जगाएका हुन्।कार्यक्रममा कार्यक्रममा भेनस नेसनल कलेज प्रमुख कृष्ण गौतमले नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै  कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कलेजको नियमको बारेमा जानकारी गराएका थिए ।

उनले  अब्बल जन शक्ति उत्पादन गर्न भेनस नेसनल कलेज प्रतिबद्द रहेको जानकारी गराउदै भेनस नेसनल कलेजले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन  विद्यार्थीको चौतर्फी विकासलाइ ध्यानमा राखी अतिरिक्त क्रियाकलापलाइ पनि प्राथमिकतामा राखेको बताए । भेनसले असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराउदै सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि  प्रतिबद्द रहेको बताए । भेनस नेसनल कलेजको कक्षा ११मा हाल विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषयको पढाइ हुदै आएको छ । व्यवहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्न भेनस अब्बल  रहेको समेत उनले बताए ।  विद्यार्थीलाई क्रिएटिभ बनाउने र उनीहरू रुचिको विषयमा केन्द्रित गराउने कार्यक्रमहरु भेनसले  सञ्चालन गर्दै आएको जानकारी दिदै पठनपाठनका साथै अतिरिक्त तालिमहरू समेत प्रदान गर्ने भए पछि विद्यार्थीहरूका आकर्षण समेत भेनसमा  बढ्दै गएको  उनले बताए ।

विद्यार्थीले आज गरेको मिहिनेतले नै भोलि उनीहरूको र देशको भविष्य निर्धारण हुने बताए । भेनस नेसनल कलेजले अहिले प्राप्त गरिरहेको नतिजाले भेनसको  शैक्षिक गुणस्तरलाई विश्वास गर्ने आधार भएको उनको भनाइ थियो ।अध्यक्षताको आसन बाट बोल्दै भेनस नेसल कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यबाद दिदै भेनसले  विद्यार्थीको वृद्धि विकासमा कुनै कसर बाँकी नराखी  हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिएको बताएका  थिए । उनले अध्ययनका लागि पहिलेको जस्तो अप्ठ्यारो परिस्थिति अहिले नभएको भन्दै पढ्न र सिक्न चाहने विद्यार्थीका लागि असीमित अवसर भएको पनि उनले बताए ।विद्यार्थीहरुले आफ्नो सपना र उदेश्य पुरागर्न कठिन मिहिनेत गर्नुपर्ने भन्दै समाजको नेतृत्वदायी भुमिका प्रदान गर्न सक्ने बन्न मार्गनिर्देशन दिएका थिए।

तपाइँको प्रतिक्रिया ।