ईपिएसभाषा परीक्षा रोकेर आफूहरुलाई पठाउन कोरिया रिटर्नीको माग

कपन अनलाइन
काठमाडौं,  साउन  ९  । कोरिया रिटर्नीहरुले आफूहरुलाई तुरुन्त रोजगारकालागिकोरिया पठाउन सरकारसमक्षमाग गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै उनीहरुले ईपिएसको नयाँभाषा परीक्षा रोकेर आफूहरुलाई रोजगारकालागि पठाउन माग गरेकाहुन् । उनीहरुले सरकारले कोरिया रिर्टनीहरुलाई विभेदकारी व्यवहार गरेको आरोप लगाए ।
कोरिया रिर्टनीका संयोजकनविनकुमार राईले अहिले खुलाईएको भाषा परीक्षातत्कालबन्द गरेर रिटर्नीहरुलाई पठाउनुपर्ने बताए । आफूहरुले पहिलाकाम गरेको कम्पनीमाफाईल पठाउनका लागि पटक–पटक आग्रहगर्दापनि सम्बन्धित निकायबाट सुुनुवाई नभएको उनको गुनासो छ ।
‘रिर्टनीहरुकालागिपहिलाको कम्पनीमाहाम्रो फाईल पठाइयोस् भनेर हामीले माग राखेका छौं । परीक्षाखुलाएको छ, यो परीक्षाखुलाएको नोटिस तुरुन्त हटाइयोस्,’–उनले भने ।
उनले नयाँभाषा परीक्षाको लागिखुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियनदूतावास घेर्नेसमेत चेतावनीदिए ।
‘उक्त सूचनानहटाएको खण्डमा हामीले गर्नुपर्ने आन्दोलनएचआरडी नेपालमा घेर्नुपर्ने, वैदेशिक रोजगार विभागघेर्नुपर्ने वाकोरियनएमवेसीलाई घेर्नुपर्ने हामी गर्छौं । हामी छोड्दैनौं । किनभने हाम्रो भविष्यमाथि खेलबाडगरिएको छ ,’– संयोजकराईले भने ।
उनकाअनुसार अहिले कोरियाबाट फर्किएर जानकालागिपखाईमा रहेकाहरुको संख्यासंख्याचार हजार पाँच सयभन्दा बढि छ । भाषा परीक्षमा सहभागीभएर, सम्पूर्ण प्रक्रियाहरु पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहेपनिआफूहरुलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनीहरुले आपत्तिजनाए ।
कोरिया रिटर्नी टेकबहादुर थापाले ईपिएस सिस्टममा आफूहरुलाई विभेद गरिएको बताए । आफूहरु एक कार्यकालकोरिया बसेर नेपाल आएपछि नयाँ समूहसँगै फेरि पनिभाषा परीक्षापास गरेपनि रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनले आपत्तिजनाए । अहिले ९८ प्रतिशतनयाँलाई पठाएर २ प्रतिशतमात्रै रिटर्नीहरुलाई समावेश गरिएको थापाको भनाई छ ।
‘कोरिया भाषापास गरिसकेपछि रोस्टरमा बस्ने हो । रोस्टरमादुई हजार मान्छे हुँदाहुँदै किन नयाँभाषा परीक्षाफर्म खोलियो ?अहिले नेपाल सरकारको मातहतमा र कोरियाको एचआरडी मातहतमासिविजीभन्ने कोरिया रिर्टनीहरुकालागिभाषा परीक्षाफर्म खोलिएको छ । त्यो फर्मकिनखोलिएको हो ?हामीयहाँपास भएर बसेकै छौं । यो विषयमा नेपाल सरकारले गम्भीर रुपमालिईदिनु पर्यो,’– उनले भने ।
पत्रकार सम्मेलनमाकोरिया रिटर्नीहरुनिर्मल राणा मगर, नारायण प्रसाद भुसाल, विनोद शाक्यलगायतले राज्यले नयाँ र रिटर्नीहरुबीच विभेद गरेको बताए । युवाहरुको भविष्यमाथि खेलबाड नगर्न उनीहरुले सरोकारवालाको ध्यानाकार्षण गराए ।

तपाइँको प्रतिक्रिया ।