स्थानीय माटोमा भिजेको सांसद नहुँदा बुढानिलकण्ठको विकास सोचे अनुसार भएन : जयराम थापा

स्थानीय माटोमा भिजेको सांसद नहुँदा  बुढानिलकण्ठको विकास सोचे अनुसार भएन : जयराम थापा

कपन अनलाइन

काठमाण्डौ ,साउन ७।

काठमाडौं क्षेत्र नं ४ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य जयराम थापाले क्षेत्र नं ४ र ५ को प्रतिनिधि सभा सदस्यहरु स्थानीय माटोमा नभिजेको भएकोले बुढानिलकण्ठको विकास सोचे अनुसार हुन् नसकेको बताएका छन ।

सनिवार बुढानिलकण्ठमा आयोजना गरिएको धनेश्वर खेल मैदानको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य थापाले बुढानिलकण्ठको विकासका लागि यहाको माटोमा भिजेको र स्थानीय समस्यालाई बुझेको सांसद हुनुपर्ने विचार राखेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा धनेश्वर खेलमैदान निर्माणका लागि आफ्नो तर्फबाट सबै किसिमको सहयोग हुने प्रतिवादत्ता व्यक्त गर्दै थापाले बुढानिलकण्ठको विकासमा सबै मिलेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल सहित प्रदेस सभा सदस्यहरु उपस्थित रहेको सो कार्यक्रममा उनले  हाल सम्म दुइ क्षेत्रमा रहेका सांसदहरुले जनता र क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको संकेत गरेका थिए।

हाल सम्मका सांसदहरुले स्थानीय माटो र भूगोल नचिनेको भन्दै  वर्तमान र पुर्व  प्रतिनिधि सभा सदस्यहरु प्रति थापाले व्यंग्यात्मक टिप्पणी गर्दा हलमा केहिले तालि बजाएका थिए भने केहि सहभागी ]हरुले भने असजिलो मान्दै मुखा मुख गरिरहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।