साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई बिदाई ,कक्षा ११ मा छात्रवृतिको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,साउन ७।

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीले एसइइ परिक्षमा सफल बनेका विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको छ।

विद्यालयमा एक कार्यक्रम आयोजना गर्दै एस इ इ परिक्षामा सफल बनेका विद्यार्थीहरुलाई आगामी दिनका लागि शुभकामना व्यक्त गर्दै सो हो विद्यालयमा कक्षा ११ मा व्यवस्थापन संकाय तर्फ अध्यापन शुरु गरिएको जानकारी दिइएको थियो।

त्यस्तै सो अवसरमा बुढानिलकण्ठ नगरपालिका , दोलखाको बिगु गाउँ पालिका र सोहि विद्यालयबाट एस ई इ पास गरेर साम्तेनमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने घोषणा पनि गरिएको थियो ।

निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) का अध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्य तथा विद्यालयका संस्थापक अध्यक्ष निम्तो शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समितीका अध्यक्ष बिनोद तामाङ सहित विद्यालयका संचालक ,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

विद्यालयले यस शैक्षिक शत्र देखि व्यवस्थापन संकायमा कक्षा ११ शुरु गरेको जानकारी दिदै प्रिन्सिपल गोविन्द सिंह धामीले उत्कृस्ट विद्यार्थीहरुका लागि विविध छात्रवृतिको व्यवस्था पनि रहेको बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।