के नै छ र : विसुकुमार केसी (कविता )

के नै छ र : विसुकुमार केसी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,  साउन ६।

उसले उसको खोल
उसले उसको खोल
सबै सर्बाङ्ग भै नै सक्यौ
लाज मान्नु पर्ने कुरा बाँकि नै के छ र ।

उसले उसलाई पोल
उसले उसलाई पोल
चोर चोर मौसेरा भाइ भएपछि
डराउनु पर्ने कुरा के नै छ र ।

उसले उसलाई चाट
उसले उसलाई चाट
आखिर सबै फोहरमा डुबेपछि
घिन मान्नु पर्ने कुरा नै के छ र ।

उसले उसलाई ढाँट
उसले उसलाई ढाँट
आखिर साँचो बोल्ने कोही नभए पछि
तिमीलाई मात्र के को कर ।

उसको खुट्टा उसले तान
उसको खुट्टा उसले तान
कोही अघि नबढे पछि
पछि परिएला भन्ने चिन्ता के नै छ र ।

उसले उसको कुरा काट
उसले उसको कुरा काट
आखिर भलो हुने काम केही नगर्ने भए पछि
कुरा काटनु सिवाए अरु काम के नै छ र ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।