लिपुलेक सम्झौताविरुद्ध प्रदर्शन

काठमाडौँ, २५ असार । नेकपा माओवादीले लिपुलेकका विषयमा भारत र चीनबीच भएको सम्झौताको विरोधमा आज यहाँ प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन वसन्तपुर हुँदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सो दलका नेता –कार्यकर्ता सहभागी थिए । उनीहरूले ‘लिपुलेक हाम्रो भूमि हो, ‘हाम्रो भूमि फिर्ता गर’ भन्ने नारा लगाएका थिए ।

कोणसभामा महासचिव नेत्रविक्रम चन्दले लिपुलेक सम्झौता कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । उहाँले पुर्खाले कसैसँग नझुकी बचाएको सार्वभौमसत्तालाई जोगाउन नेपाली युवा लागिपर्नुपर्ने बताउनुभयो । नेता चन्दले सम्झौता सच्याउन सरकारले भारत र चीन सरकारसँग कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।