प्राविधिक प्रकरणमा छानविन समिती गठन भएको छ,१५ दिनमा प्रतिवेदन ल्याउछौ : शम्भु प्रसाद भट्टराई

प्राविधिक प्रकरणमा छानविन समिती गठन भएको छ,१५ दिनमा प्रतिवेदन ल्याउछौ : शम्भु प्रसाद भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,साउन २।

बुढानिलकण्ठ नगरपालिकाको सुशासन तथा क्षेमता विकास समितीका संयोजक शम्भु प्रसाद भट्टराईले प्राविधिक कर्मचारीहरुको काम ,कार्यसम्पादन र योगदानको अध्ययन गर्नका लागि छानविन समिती गठन गरिएको जानकारी दिएका छन।

नगरपालिकाको प्राविधिक शाखाका वारेमा धेरै गुनासो आए पश्चात करार अवधि थप नगरी अर्को प्रक्रियामा जाने कार्यपालिकाको निर्णय पश्चात कतिपय राम्रो काम गरिरहेका कर्मचारीहरु समेत कारवाहीमा पर्ने देखिएपछी समग्र पक्षको अध्ययन गर्नका लागि छानविन समिती गठन भएको जानकारी दिदै संयोजक भट्टराईले काम गर्ने कर्मचारीहरुलाई हतोत्साहित गर्ने नगरको नीति नरहेको प्रस्ट पारेका छन।

नगरपालिकाको कार्यसम्पादन र नगरवासीको हितमा काम गर्ने कर्मचारहरुलाई नगरले सधै प्रोत्साहन गरेको र गर्ने बताउदै संयोजक भट्टराईले काम नगर्ने र व्यवसायिक नबन्ने कर्मचारीहरुलाई भने उचित कारवाही गरिने धारणा राखेका छन।

असार २४ गते भएको कार्यपालिकाको निर्णय पश्चात केहि कर्मचारीहरु माथि अन्याय हुने तर्क ,तथ्य र सुझावलाई समेत मध्य नजर गर्दै ५ सदस्यीय छानविन समिती गठन भएको जानकारी दिदै संयोजक भट्टराईले १५ दिन भित्र प्रतिवेदन तयार गरेर आगामी प्रक्रियामा जाने कपन अनलाइनलाई बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाको सुशासन तथा क्षेमता विकास समितीका संयोजक शम्भु प्रसाद भट्टराईको नेतृत्वमा गठन भएको सो छानविन समितीमा पूर्वाधार विकास समितीका संयोजक सुरेन्द्र लामा सहित योजना ,प्रसासन र पूर्वाधार महाशाखाका प्रमुख सदस्य रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।