हठात प्राविधिक हटाउने निर्णय विधि सम्मत छैन,कर्मचारीहरु माथि अन्याय भयो : अच्युत खड्का

हठात प्राविधिक हटाउने निर्णय विधि सम्मत छैन,कर्मचारीहरु माथि अन्याय भयो : अच्युत खड्का

कपन अनलाइन

काठमाण्डौ ,साउन २।

बुढानिलकण्ठ नगरपालिका कर्मचारी संघका अध्यक्ष अच्युत खड्काले हठात प्राविधिक हटाउने निर्णय विधि सम्मत नरहेको बताएका छन। लामो समयदेखी कार्यरत रहेका कर्मचारीहरुलाई एकाएक हटाउने नगर कार्यपालिकाको निर्णय नीति ,नियम ,मान्यता र विधि अनुकुल नरहेको बताउदै उनले यसमा पुनर्विचार गर्न समेत आग्रह गरेका छन ।

गाविस कालिन समयदेखि नगरपालिकामा सेवा गरिरहेका प्राविधिक कर्मचारीहरुलाई कुनै पनि स्पष्टीकरणको मौका नदिई सिधै करार अवधि नथप्ने निर्णय भएको प्रति आपत्ति जनाउदै अध्यक्ष खड्काले सो कार्यले प्राविधिक मार नभई सबै कर्मचारीहरुको मनोबल निकै कमजोर बनाएको बताएका छन।

कपन अनलाइन संग कुराकानी गर्दै अध्यक्ष खड्काले लामो अवधि सेवा गरेका कर्मचारी हटाउदा उनीहरुको व्यक्तिगत हित  र व्यवसायिक सुरक्षाका वारेमा पनि गम्भीर भएर सोच्नुपर्ने धारणा राखेका छन।

एउटा कर्मचारीले आफ्नो उर्जावान समय र मेहेनत नगरपालिकामा खर्च गरेको तर्फ मानवीय रुपमा पनि ध्यान पुर्याउनु पर्ने बताउदै उनले कारवाही वा नसिहतको प्रचलित मान्यतालाई समेत ख्याल नराखी भएको निर्णय व्यवसायिक हित सम्मत नभएको कर्मचारी संघको धारणा रहेको बताएका छन।

यस किसिमको निर्णयले नगरपालिकाका समग्र कर्मचारीहरुको व्यवसायिक सुरक्षा र कार्यसम्पादनमा समेत नकारात्मक अशर परेको भन्दै अध्यक्ष खड्काले निर्णय पुनर्विचारका लागि कार्यपालिकालाई आग्रह समेत गरेका छन।

असार २४ गते बसेको कार्यपालिका बैठकको निर्णयमा भनिएको छ ,”नगरपालिकामा करारमा रहेका (इन्जिनियर ,सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर) म्याद नथपी स्वीकृत दरवन्दीमा स्थायी पदपूर्तिका लागि प्रदेस लोक सेवा आयोगलाई अनुरोध गर्ने। स्थायी पदपूर्ति भइ नआएसम्मका लागि सार्वजनिक रुपमा बिज्ञापन आव्हान गरी सेवा प्रवेस गर्न इच्छुक र योग्य उम्मेदवारलाई खुल्ला प्रतिस्पर्धात्मक परिक्षा द्वारा करारमा नियुक्ति गर्ने। ”

तपाइँको प्रतिक्रिया ।