रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगर समिती गठन , को को बने पदाधिकारी तथा सदस्यहरु ?

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगर समिती गठन , को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,असार ३१।

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगर समिती गठन भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा भएको भेलाले नगर समिती गठन गरेको हो।

रास्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेको प्रमुख आतिथ्यतामा भएको सो भेलामा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ , केन्द्रीय सदस्य कुसुम महर्जन , नेता रमेश खरेल ,डा. प्रणय शम्सेर राणा ,बागमती प्रदेस समितीका सभापति डा. अच्युतम लामिछाने ,काठमाण्डौ जिल्ला समितीका संयोजक प्रदिप बिस्ट लगायतको उपस्थिति रहेको थियो।

उक्त भेलाले  रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगर समितीको सभापतिमा निमा लामालाई चयन गरेको छ भने उपसभापतिमा राधा शाह र सचिवमा चिरन्जीवी पाण्डे चयन भएका छन।

त्यस्तै सो भेलाले नगर समितीको कोषाध्यक्षमा देवेन्द्र मास्केलाई चयन गरेको छ भने सदस्यहरुमा गीता बस्याल ,प्रभाकर घिमिरे ,जीवन थापा ,दिपु खड्का ,बिनोद कुमार मल्ल ,प्रकृति ढुंगेल र शान्ति पौडेल चयन भएका छन ।

 

तपाइँको प्रतिक्रिया ।