स्व.प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियगिताको तेस्रो दिनका खेलहरू सम्पन्न

स्व.प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियगिताको तेस्रो दिनका खेलहरू सम्पन्न

कपन अनलाइन
काठमाडौँ, असार  २० ।
स्व. प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगिताको महिला ४८ केजीमा जेन्सकी तेजी माया गुरुङ, ५२ केजीमा बक्समान्डुकी अञ्जनी तेली र एपीएफकी सन्जुमाया थिङ, ५४ केजीमा पुलिसकी निशा तामाङ र एपीएफकी नीता गोसाईं तथा ५७ केजीमा एपीएफकी माला राई र जेन्सकी स्वस्तिका तिरुवा फाइनल पुगेका छन् ।

बुढानीलकण्ठ स्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा भइरहेको प्रतियोगितामा ६० केजीमा आर्मीकी वर्षा श्रेष्ठ र बज्रकी कविता सिंह, ६३ केजीमा बक्समान्डुकी हेमा राई र आर्मीकी निरु गुरुङ, ६६ केजीमा एपीएफकी मुगामाया पाख्रिन तथा ७० केजीमा एपीएफकी मनीता राई आआफ्नो प्रतिद्वन्द्वीलाई हराएर फाइनल पुगेका छन् ।
पुरुष ९२ केजी माथिको सेमिफाइनलमा पवनले बक्समान्डुका रवीन्द्र घिमिरे र सर्मेशले नुवाकोटका निशान गुरुङलाई हराएका थिए । पुरुष ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशी, ५१ केजीमा पुलिसका चन्द्रबहादुर थापा र एपीएफका प्रदीप महर्जन, ५७ केजीमा एपीएफका पुरन राई, ६० केजीमा एपीएफका विक्रम परियार र आर्मीका इन्द्रबहादुर सुनुवार विजयी भई फाइनल पुगेका छन् ।
६७ केजीमा एपीएफका विक्रम चौधरी, ७१ केजीमा बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका दानबहादुर दर्लामी तथा ७५ केजीमा एचटुओका विनिश राई र आरडीएसका नोर्बु शेर्पा तथा ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशीले फाइनल पक्का गरे । देशभरका खेलप्रेमी दर्शक तथा स्थानीयहरूको अत्यन्त बाक्लो उपस्थितिमा संचालन भैरहेको बक्सिङ प्रतियोगिता यही २० गतेसम्म चल्नेछ ।

तपाइँको प्रतिक्रिया ।