बुढानीलकण्ठ नगरपालिकाकाे नगर सभा सम्पन्न , दुई अर्ब ८८करोड १३ लाखको बजेट

बुढानीलकण्ठ नगरपालिकाकाे नगर सभा सम्पन्न , दुई अर्ब ८८करोड १३ लाखको बजेट

कपन अनलाइन

काठमाण्डौ ,असार २०।

आ.व २०८०/८१ को लागि  अनुमानित २ अर्ब ८८करोड १३ लाखको बजेट पारित गर्दै बुढानीलकण्ठ नगरपालिकाकाे १२ औं नगर सभा असार २० गते सम्पन्न भएकाे छ । नगर प्रमुख मिठाराम अधिकारीले असार ७ गते बाट सुरु भएको नगर सभाको अधिवेशन सम्पन्न भएको  घोषणा गरेका छन  ।

आज बसेको अन्तिम बैठकमा नगरपालिकाको आ.व. २०८०\०८१ को बार्षिक आय व्यय सहितको कार्यक्रम खर्च समावेश भएको बजेट प्रस्ताव स्वीकृत भएको छ ।

बैठकमा लेखा समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, विधायन समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, सुशासन तथा संस्थागत विकास समिति, नयायिक समिति गरी ८ वटा विषयगत समितिद्वारा प्रस्तुत  गरिएको  प्रगति प्रतिवेदन सभाले  पारित गरेको हो  ।

बजेट वक्तव्यको सारांश

चालु आ.व मा आन्तरिक आय तर्फ रु. ३१ करोड ५० लाख अनुमान गरिएकोमा सम्वत् २०८० जेष्ठ मसान्तसम्ममा ३२ करोड ७८ लाख ११ हजार २ सय ४१ रुपैयाँ प्राप्त भएको छ। त्यसै गरी मु.अ. कर / सवारी साधन तर्फको राजश्व बाँडफांडबाट जेष्ठ मसान्तसम्ममा ११ करोड ५२ लाख ८१ हजार ९ सय प्राप्त भएको छ । चालु आ.व को आन्तरिक आयतर्फको प्रक्षेपण अनुसार अनुमान गरिएको आय जेष्ठ मसान्तसम्ममा १०४ प्रतिशत राजश्व उठेको देखिन्छ । त्यसै गरी जेष्ठ मसान्तसम्मको खर्च स्थिति हेर्दा चालु तर्फ ५१ करोड ७३ लाख ४९ हजार (संघीय सरकारको सर्शत चालु समेत) र पुँजीगत तर्फ रु. ६३ करोड ५३ लाख ६४ हजार ८ सय खर्च भएको  नगर सभामा  जानकारी गराइएको थियो  ।

त्यसैगरी आगामी आ.ब. २०८०/०८१ को लागि अनुमानित व्यय तर्फ चालु खर्चको लागि ४१ करोड ३३ लाख र वडाबाट योजना छनौट गर्न ३२ करोड ९५ लाख विनियोजन गरिएको छ र समपुरक कोष ५ करोड, सह लगानी कोष ३ करोड, विपद व्यवस्थापन, महामारी नियन्त्रणमा ४ करोड कर्मचारी कल्याण कोषमा १ करोड, नगर अस्पताल सञ्चालनमा ५ करोड सामाजिक सुरक्षा कोष १ करोड, वडा कार्यालय भवन निमार्ण १५ करोड, फर्निचर तथा फिक्चर मेशिनरी औजार २ करोड ५० लाख, मूख्य प्रशासनिक भवन २ करोड, सवारी साधन खरिद २ करोड, कर्मचारी सुनौलो विदाई १ करोड, पूँजीगत निर्माण १ अर्ब ६ करोड, बिषयगत महाशाखा / शाखा अन्तर्गत सञ्चालन गरिने कार्यक्रम अन्तरगत शिक्षातर्फ १३ करोड, स्वास्थ्यतर्फ १२ करोड, मानवीय कल्याणतर्फ ३ करोड, बातावरण तथा विपद व्यवस्थापनतर्फ ८ करोड, पर्यटनतर्फ ५ करोड, आर्थिक विकास अर्न्तगत कृषितर्फ १ करोड, पशु बिकासतर्फ १ करोड, सहकारीतर्फ ५० लाख, सुशासन तथा सेव प्रवाहतर्फ ९ करोड, सुचना प्रविधितर्फ ८ करोड, सुरक्षित नगर सिसिटिभी जडानतर्फ करोड, डिजिटल घर नम्बरतर्फ २ करोड, खानेपानी योजनातर्फ ८ करोड, उज्या नगरतर्फ १ करोड ८५ लाख, जिपलाईन निर्माण २ करोड गरी पूँजीगत खर्चको लागि १ अर्ब ६ करोड र गत बर्षको भुक्तानीका लागि १ अर्ब गरी आगामी आ.ब. २०८० / ०८१ को लागि कूल आय २ अर्ब ८८ करोड १३ लाखको अनुमान प्रस्ताब गर्दै सोही बमोजिम ¨खर्च हुने अनुमान पेश गरेको छुसो को बिस्तृत विवरण अनुसूची १ मा उल्लेख गरी पेश गरेको छु त्यसैगरी चालु आ.ब. को संक्षिप्त प्रगति प्रतिबेदन अनुसूची २ मा संलग्न राखी पारित भएको छ  ।

 

तपाइँको प्रतिक्रिया ।