National United School मा प्रकाश दाहालको स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु

National United School मा प्रकाश दाहालको स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौं असार १८।

बुढानिलकण्ठ नगरपालिकामा -८  मा रहेको National United School मा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन ।

आइतबार दिउँसो बूढानिलकण्ठ नगरपालिकामा रहेको National United School मा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकुद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताएका थिए ।

प्रधानमन्त्रीले भने यो, ‘‘तपाईहरूले देख्नुभएकै छ– यसपटक मैले कला–साहित्य र खेलकुदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। खेलकुदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयामिक महत्व छ। सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रवर्धनका निम्ति समेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ।’’

‘‘प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘बक्सिङ खेललाई राम्रोसँग स्थापित गर्न तपाईहरूले जुन भूमिका खेल्नुभएको छ, त्यो महत्वपूर्ण छ। यसमा सरकारको साथ र सहयोग रहन्छ।’’

सो प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र नेपाल बक्सिङ सङ्घले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रतियोगिता चार दिनसम्म चल्ने छ ।

तपाइँको प्रतिक्रिया ।