रास्ट्रीय स्वतन्त्र पार्टी काठमाण्डौ महानगरपालिका वडा नं ७ समिती गठन ,को को बने ?

रास्ट्रीय स्वतन्त्र पार्टी काठमाण्डौ महानगरपालिका वडा नं ७ समिती गठन ,को को बने ?

कपन अनलाइन

काठमाडौं असार १८।

रास्ट्रीय स्वतन्त्र पार्टी काठमाण्डौ महानगरपालिका वडा नं ७ समिती गठन भएको छ। रास्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको विस्तारित बैठक तथा भेलाले ७ सदस्यीय वडा समिती गठन गरेको हो।

रास्ट्रीय स्वतन्त्र पार्टी काठमाण्डौ क्षेत्र नं ४ का संयोजक रवी बन्जाराको अध्यक्षतामा भएको भेलाले किशोर न्यौपानेको संयोजकत्वमा वडा समिती गठन गरेको हो।

रास्वपा केन्द्रीय समिती सदस्य  सदस्य कुसुम महर्जन, केन्द्रीय  बिभागिय सदस्य निरज गौली, प्रदेश समिती सदस्य ऋषिकेश श्रेष्ठ ,दीपक थापा,उर्मिला भुर्तेल,क्षेत्रीय  सदस्य सुरज रेग्मी लगायतको उपस्थितिमा भएको भेलाले श्यामलाल उदास,सीता पाण्डे,उत्तम प्रसाद घिमिरे,सृजना पान्डे,रिना बाबा जोशीर अभिनाश खड्कालाई सदस्यमा चयन गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।