दिन पर्खि बसे : विक्रम श्रेष्ठ ‘सागर’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
बिहानी भो, दिन पर्खे ।
दिन भयो, रात पर्खे ।।
यस्तै गरी जिन्दगीमा दिन दिनै ।
दिन गनी बसे ।।
उमेरको भर छैन ।
हात गोडा स्थिर छैन ।।
शरिरको बोझ भारी बोक्दा बोक्दै ।
दिन पर्खि बसे ।।
ढाँट्ने कुनै, मन छैन ।
सत्य बोल्यो, पर्र्दैन मन ।।
नदुखेको टाउको दुखाइ दुखाई ।
दिन पर्खि बसे ।।
आहारले बार खोज्यो ।
भोजनले साथ छोड्यो ।।
आहार बिहार भन्दा भन्दै ।
दिन पर्खि बसे ।।
गए राती सपनीमा ।
दौतरीको समवेदना ।।
यस्तै गरी जिन्दगीमा दिन दिनै ।
दिन पर्खि बसे ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।