आमाको महत्व : अञ्जु चालिसे (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
बाँचुन्जेल बिना आमा कुनै दिनको याद हुन्छ कहाँ
एकदिन आमाको याद गरेर मुक्ति मिल्छ कहाँ
गुमाएपछि आमा, आफ्नै जिन्दगीको औचित्य रहेन
बिना ममता जिन्दगी को महत्व नै रहेन
बिना आमा कुनै दिनको याद हुन्छ पूरा कहाँ
एकदिन आमाको याद गरेर मुक्ति मिल्छ कस्लाई यहाँ
आमा बिनाको खाली घर,
आमाको स्थाई रिक्तता
बुझिसकेको दियो,
बन्द उराठ बार्दली, करेसा
गहिरो शून्यता, ममता बिनाको खाली जिन्दगी
मायालु आमाको, केवल मार्मिक सम्झना
नादान अबुझ सन्ताको,
सुधार्न नसकिने गल्तीहरुको पश्चाताप
बिना आमा कुनै दिनको याद हुन्छ पूरा कहाँ
एकदिन आमाको याद गरेर मुक्ति मिल्छ कस्लाई यहाँ
ममताको ऋण यदि चुकाउन सकिने भए
बाबा,आमाको आवश्यकता पर्थ्यो कस्लाई यहाँ
बाँचुन्जेल आमाको महत्व,
नै बुझ्न सकिएन
गुमाएपछि आमा, जिन्दगीको औचित्य नै रहेन
बिना आमा कुनै दिनको याद हुन्छ पूरा कहाँ
एकदिन आमाको याद गरेर मुक्ति मिल्छ कस्लाई यहाँ
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक