बुढानिलकण्ठको नीति तथा कार्यक्रमले समग्र नगरको मागलाई सम्बोधन गरेको छ : प्रदिप डंगोल
कपन अनलाइन
काठमाडौं, असार १५ ।
नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले आव २०८० .८१ को नीति तथा कार्यक्रमले समग्र नगरवासीको मागलाई सम्बोधन गरेको बताएका छन।
शिक्षा ,स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर तयार गरिएको नीति तथा कार्यक्रम नगरको विशेष विकासमा निकै महत्वपूर्ण भूमिका खेल्दै समृद्ध नगर बनाउने अभियानमा कोशे ढुंगा सावित हुने बताउदै डंगोलले यस पटक सबै क्षेत्रका व्यक्तित्वहरुको राय सल्लाह र सुझाव समेटेर बजेट निर्माण गरिएकोमा नगरपालिकालाई धन्यवाद दिएका छन ।
कपन अनलाइन संगको कुराकानीमा अध्यक्ष डंगोलले विगतका परम्परा भन्दा फरक नगरपालिकाले यस पटक १६ वटा भन्दा क्षेत्रका व्यक्तित्वहरु संग अन्तरक्रिया गर्दै सुझाव लिएर नीति तथा कार्यक्रम तयार पारेको बताउदै अध्यक्ष डंगोलले युवा लक्षित र किशोरी लक्षित कार्यक्रम नमुनाका रुपमा रहेको धारणा राखेका छन ।
यस पटकको नीति तथा कार्यक्रममा सबै नगरवासीको सहभागिता झल्किएको दावी गर्दै अध्यक्ष डंगोलले बजेटमा नगरको दुरगामी विकासमा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न योजनाहरु समेत समेटिएको बताएका छन ।
