बुढानिलकण्ठको नीति तथा कार्यक्रममा बोक्रो राम्रो देखिए पनि गुदी छैन : राजाराम बुढाथोकी

बुढानिलकण्ठको नीति तथा कार्यक्रममा बोक्रो राम्रो देखिए पनि गुदी छैन : राजाराम बुढाथोकी

कपन अनलाइन
काठमाडौं, असार १५ ।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीका सभा पनि राजाराम बुढाथोकीले नगरले आव २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यकमको बोक्रो राम्रो जस्तो देखिए पनि गुदी नभएको टिप्पणी गरेका छन ।

कपन अनलाइन संगको कुराकानीमा सभापति बुढाथोकीले यो नीति तथा कार्यक्रमले नगरको मुलभूत आवस्यकतालाई संबोधन गर्न नसकेको भन्दै बजेट भागशान्ति मिलाउने खालको कर्मकाण्डी भएको बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख आवस्यकताका रुपमा रहेको खानेपानी जस्तो क्षेत्रलाई पुरै बेवास्ता गर्दै न्यून बजेट व्यवस्थापन गरिएको बताउदै सभापति बुढाथोकीले बजेट र नीति कार्यक्रम सारहीन रहेको टिप्पणी गरेका छन ।

नगरपालिकामा हुदै नभएका केवल कार ,जिप लाइन ,सिनेमा हल जस्ता क्षेत्रमा कर तोकिएको भन्दै उनले बजेट कतै बाट कपि पेस्ट गरिएको हो कि भन्ने आशंका बढेको बताउदै संचार क्षेत्र र प्रतिपक्षी दलका प्रतिनिधिहरुले समेत सहभागिता नहुने गरी ल्याइएको नीति तथा कार्यक्रम अपारदर्शी रहेको रहेको धारणा राखेका छन ।

खानेपानीलाई भन्दा सिसि क्यामेरा र प्रविधिलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु जनताको माग र आवस्यकतालाई बेवास्ता गर्नु हो भन्दै उनले नीति तथा कार्यक्रम नगरवासीको हितमा नरहेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।