अहिलेको बजेटले निजी क्षेत्रलाई सम्बोधनगर्न सकेको छैन् : किशोर प्रधान

कपन अनलाइन
काठमाडौं, असार १५  ।

प्रतिनिधि सभाबाटआर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकपारित भएको छ । नेपालकै संसदीय इतिहासमा पहिलो पटक मतदानको माध्यमबाट विनियोजन विधेयक पारित भएको छ ।
यसै सन्दर्भमाआज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले संसद्बाट पारित बजेट र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका बारेमा विज्ञहरुसँगको अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा विज्ञहरुले अहिलेको बजेटलाई लिएर निरन्तरताबाहेक नयाँ केही नभएको टिप्पणी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले बजेट पारित गर्न मतदानगर्ने प्रवृत्ति राम्रो नभएको टिप्पणी गरे । यस्तै प्रवृत्तिको विकास हुँदै जाने हो भने अबका अर्थमन्त्रीलाई बजेट पास गराउन गाह्रो हुने उनको भनाई छ । ‘यो गलत परम्पराको सुरूवात हो । आगामी वर्षमा अर्थमन्त्रीलाई बजेट पास गराउनधौ–धौ पर्ने समस्या हामीले देखेका छौं,’– उनले भने ।
यसभन्दा अगाडि मतदाननभई पास भएका बजेट पनिकार्यान्वयनमा धेरै समस्या देखिएको स्मरण गर्दै उनले बजेटमा संशोधन गर्नुपर्छ भन्ने कुरा सत्तापक्षकै सांसदले उठाउँदा पनि पार्टीहरुले ह्वीपका आधारमा बजेट पास गराएकाले नीजि क्षेत्रले यसलाई चुनौतिका रूपमा हेरिरहेको

बताए।
उत्पादनलाई कमगर्ने र नेपालको जनशक्ति बाह्य देशमा पठाउने कुराले देशको अर्थतन्त्र सुधार गर्न नकिने उनको भनाई छ । बजेटले उत्पादन र कृषि क्षेत्रलाई सहुलियत दिनुपर्ने उनले बताए । मौद्रिकनीतिले प्राइभेट सेक्टरलाई कसरी सम्बोधन गर्छ भन्ने कुरा हेर्न बाँकी नै रहेको उनले बताए ।
प्राइभेट बैंकहरुले पनि मिटरब्याजीको काम गरेको उल्लेख गर्दै उनले सरकार त्यसतर्फ पनि गम्भीर हुनआवश्यक रहेको उनको भनाई छ । प्राइभेट सेक्टरको अरवौं रुपैयाँलगानी रहेको ठाउँमा नेपाल विद्युतपा्रधिकरणले पोल प्लान्ट बनाएको उनले बताए । यसबाट नीजि क्षेत्रको अर्बौ रुपैयाँ डुबेको उनको भनाई छ । अहिलेको बजेटले नीजि क्षेत्रलाई सम्बोधनगर्न नसकेको उनले बताए । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणमा गरेको काम सराहनीय रहेको भन्दै उनले सरकारको प्रसंशा गरे ।

तपाइँको प्रतिक्रिया ।