बुढानिलकण्ठको नीति तथा कार्यक्रममा भवन, पार्क तथा अन्य सार्वजनिक निर्माण 

बुढानिलकण्ठको नीति तथा कार्यक्रममा भवन, पार्क तथा अन्य सार्वजनिक निर्माण 
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
बुढानीलकण्ठ नगरपालिका नगर सभा १२ औं नगर अधिवेशनको   बैठकबाट आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम , आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएको छ ।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा अधिवेशनको असार ०७ गते बसेको पहिलो वैठकमा प्रस्तुत भएको आर्थिक विधेयक र विनियोजन विधेयक असार १० गते को तेस्रो बैठकबाट वृहत छलफल, समिक्षा र सुझाव संकलन पश्चात नगर सभा सदस्यहरुद्वारा पारित भएको हो ।
भवन, पार्क तथा अन्य सार्वजनिक निर्माण 
*  कपन क्षेत्रको डुवान समस्या समाधानका लागि बक्स कल्र्भट निर्माणको कार्य सम्पन्न गर्न सम्बन्धित निकायसँग पहल एवं समन्वय गरिनेछ ।
* . निर्माण सम्पन्न भएका पार्कहरू सूचीकृत गरी व्यवस्थित संचालनको प्रबन्ध मिलाईनेछ ।
* न्क्ष्क् ःबउउष्लनरज्यगकभ ल्गmदभचष्लन सम्बन्धी कार्य चालु आर्थिक बर्षमा थालनी गरिनेछ ।
* सडक तथा टोलको नामाकरण गर्दा प्रमुख हाइवे सडक, मुख्य सडक, भित्री सडक, गल्ली तथा चोकहरुको स्थानीय प्रचलनमा आएका नाम वा शब्दावली, रैथाने पेटबोली वा स्थानीय सांस्कृतिक महत्व वा लोकप्रथाको आधारमा गर्ने नीति लिईनेछ ।
* नगर क्षेत्रभित्र सुविधा सम्पन्न सभा, सम्मेलन तथा कभर्ड हल निर्माण गरिनेछ ।
*  बुढानीलकण्ठ कृषि तथा पशु सेवा केन्द्रको प्रयोगशाला सहितको भवन निर्माण गरी पशु स्वास्थ्य सेवालाई सरल, सुलभ र प्रभावकारी बनाइनेछ ।
*  “उज्यालो बुढानीलकण्ठ” कार्यक्रम अन्तर्गत ६ र ८ मिटर चौडाई सडकहरूमा बत्ति जडान गर्ने कार्य विद्युत प्राधिकरणसँग भएको साझेदारी सम्झौता अनुुसार समन्वय गरी आ.व. २०८०÷०८१ भित्र सम्पन्न गरिनेछ ।
* ‘नगर सुरक्षा’ कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी प्रभाग, रानीपोखरीसँग गरेको संझौता बमोजिम सिसिटिभि जडान गर्ने कार्य चालु आ.ब. भित्र सम्पन्न गरिनेछ ।
* आवश्यकतानुसार नगरपालिकाको विभिन्न स्थानहरुमा सुविधा सम्पन्न सार्वजनिक शौचालयहरू निर्माण गरिनेछ ।
* नगरपालिकाभित्र उपयुक्त रूट तय गरी नगर बस सेवा सञ्चालन गरिनेछ । खुल्ला र उपयुक्त स्थानमा बसपार्क निर्माण गरिनेछ ।
*  नगरपालिकाभित्र उपयुक्त स्थानको पहिचान गरी औद्योगिकग्राम घोषणाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी पूर्वाधार निर्माण गरिनेछ ।
*  दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षालय स्थापना गरी निर्माण गरिनेछ ।
*  वडा नं. ४ स्थित धान्यढिकुरो मन्दिरको पूर्वाधार संरक्षण र योगाध्यान केन्द्र निर्माणलाई प्राथमिकतामा राखिनेछ ।
*  नगरपालिका क्षेत्रभित्र स्थानको पहिचानगरी आइटी पार्क निर्माणको लागि सम्भाब्यताको खोजी गरिनेछ ।
* . उपयुक्त स्थान छनौट गरी सिकाई केन्द्र तथा संरक्षण गृह निर्माण गरिनेछ ।
* नगरपालिकाबाट निर्माण सम्पन्न भएको वा निर्माण गर्नुपर्ने सबै भवन संरचनाको जग्गाको स्वामित्वको प्रक्रिया अगाडि बढाइनेछ ।
* . सामुदायिक विद्यालयको भवन मर्मत तथा सुधार एवं निर्माण गरिनेछ । विद्यालय भवन, शौचालय, खेलमैदान समाबेशीमैत्री बनाईनेछ ।
*  डांडागाउँमा तामाङ्ग सांस्कृतिक पार्क तथा केन्द्र, चिसेनी नेचुरल पार्क तथा सांस्कृतिक केन्द्र, रूद्रेश्वर धोबिखोला जलासय, विष्णुमती करिडोर संरक्षण, आईतबारे पार्क निर्माण कार्य अगाडि बढाईनेछ ।
तपाइँको प्रतिक्रिया ।