परिस्थितिलाई देखाएर कोही पनि सहमतिबाट पछि हट्न पाउँदैन :नेत्रविक्रम चन्द
२३ असार । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असफल व्यवस्था जनतामा थोपर्न खोजिएमा जनताले त्यसलाई सशक्त रूपमा प्रतिकार गर्ने बताउनुभयो ।
जनअधिकार अभियान नेपालले राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘राजनीतिक निकास जनताको संविधान कि एक थान संविधान’ विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले जनताले शान्ति नपाएमा वा अधिकार पाएनन् भने सशस्त्र युद्ध अनिवार्य बन्ने चेतावनी दिनुभएको हो ।
विप्लवले भन्नुभयो , “परिस्थितिलाई देखाएर कोही पनि सहमतिबाट पछि हट्न पाउँदैन । यदि कोही नेता भाग्न खोज्छ र त्यसको दोष परिस्थितिमाथि थोपर्न खोज्छ भने त्यसले समाधान होइन, झन् ठूलो समस्या थोपर्छ ।” अहिले सबै नेताहरूमा विचारमा विचलन, जीवनपद्धतिमा विचलन र समग्र संस्कृतिमै विचलन आएको बताउँदै त्यो विचलन आएपछि आफूहरूले नयाँ आन्दोलनको पहल गर्नुपरेको छ ।