सार्वजनिक जग्गा कब्जा गर्ने बुढानिलकण्ठका भूमाफियालाई कारवाही गर्न प्रदेस सभा सदस्य मिना पराजुलीको माग

सार्वजनिक जग्गा कब्जा गर्ने बुढानिलकण्ठका भूमाफियालाई कारवाही गर्न प्रदेस सभा सदस्य मिना पराजुलीको माग

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

बागमती प्रदेस सभा सदस्य मिना पराजुलीले बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा रहेका सार्वजनिक जग्गाहरु भू माफियाको कब्जामा रहेको बताएकी छन। बागमती प्रदेस सभामा बोल्दै उनले नगरपालिकाका विभिन्न स्थानमा भूमाफियाहरुले प्लटिङ गर्ने क्रममा सार्वजनिक जग्गालाई बाटो बनाउदै जनताको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएकी हुन् ।

खुलेआम रुपमा यसरि सार्वजनिक जग्गा माफियाहरुले हडप्दा समेत स्थानीय सरकार मौन रहेको भन्दै सांसद पराजुलीले चाडो भन्दा चाडो दोषीलाई कारवाहीको प्रक्रियामा ल्याउन समेत आग्रह गरेकी छन ।

बुढानिलकण्ठ नगरपालिकामा अहिले पनि नियम विपरित प्लटिङ भैरहेको र त्यसमा स्थानीय सरकारको भूमिका समेत संकास्पद रहेको अवस्थामा प्रदेस सभामा नै यो विषय उठेपछि मुद्दा निकै पेचिलो बन्ने देखिएको छ ।

कतिपय जनप्रतिनिधिहरुको मूल पेशा समेत घर जग्गा किनबेच रहेको भन्ने चर्चा नगरपालिकामा व्यापक रहेको समयमा अहिलेपनि विभिन्न वडाहरुमा आन्तरिक रुपमा प्रक्रिया र कागजात मिलाएर खुलेआम रुपमा प्लटिङ भैरहेको भन्दै स्थानीयहरुले विरोध समेत गर्दै आएका छन।

विभिन्न व्यक्तिहरुले सार्वजनिक जग्गा कब्जा गरेको तथ्य र प्रमाण स्पस्ट हुदा हुदै पनि मौन रहदै आएको नगरपालिकालाई प्रदेस सभा सदस्य पराजुलीले संसद मै विषय उठान गरेपछि थप दवाव सिर्जना हुने अनुमान गरिएको छ।

तपाइँको प्रतिक्रिया ।