कागेश्वरी – ७ मा भवन मापदण्ड विपरित बनेका अस्थाई संरचना टहरा भत्काइदै

कागेश्वरी – ७ मा  भवन मापदण्ड विपरित बनेका अस्थाई संरचना टहरा भत्काइदै

कपन अनलाइन

काठमाडौं जेठ २२ ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७   भवन मापदण्ड विपरित बनेका अस्थाई संरचना टहरा भत्काएको छ ।  वडा अध्यक्ष भीमसेन  थापाको नेतृत्वमा भवन मापदण्ड विपरित बनेका अस्थाई संरचना टहरा भत्काई  मापदण्ड अनुरूप निर्माण गर्न जग्गा धनि तथा संरचना वनाउने सम्वन्धित व्यक्तिलाई सम्झाई बुझाई उहाँहरूकै सहमतिमा अस्थाई संरचना भत्काएका हुन्  ।

वडाको अनुरोधलाई स्वीकार गर्दै अनभिज्ञतामा भएका त्रुटिहरूलाई सच्याउने जुन हार्दिकता घरधनिहरुले देखाएकोमा खुसि ब्यक्त गर्दै वडा अध्यक्ष थापाले  घरधनिहरुको उदारताले निष्ठा र ईमान्दारिताका साथ काम गर्ने थप हौशला र उत्साह थपिएको बताएका छन  ।  भवन मापदण्ड बमोजिम २०७५ असोज १ गते देखि २०७८ भदौ मसान्त सम्म कागेश्वरी मनोहरा नगरपालिकामा भवन मापदण्ड विपरित निर्माण भएका घरहरुको नक्सा संशोधन र Structure Analysis र टहराहरूको नक्सा स्वीकृति सहित घर तथा टहरा धनीलाई संरचना भत्काउने लिखित प्रतिबद्धता कबुलियत वडाबाट प्रमाणित प्रमाणीकरण गरी भवन तथा टहराको कैफियत निमार्ण सम्पन्न प्रमाण पत्र दिइने पनि उनले जानकारी गराएका छन । सो  नियम आ.व ०७९/०८० असार सम्म मात्र लागु भएको व्यहोरा समेत जानकारी गराएका छन  ।

त्यसैगरि उनलेटहरा सम्वन्धि थप जानकारी दिदै  आवासिय तथा व्यवसायिक टहरा स्वीकृती वडा कार्यालयको सिफारीसमा नगरपालिकाबाट गरिने छ र भुई तल्लाको १५०० वर्ग फिट सम्म निर्माण गरिने अस्थायी टहरालाई बाटो तर्फ मात्र व्यवसायीक भवनले छोड्नु पर्ने सेट ब्याक छोड्न लगाई वडा कार्यालय सिफारिस दिन सकिनेछ । साथै यस बाहेक कुनै पनि निर्माण भई बनिसकेको टहराहरु नगरपालिकाको बाटोको R.O.W मा पर्नेहरुको हकमा नगरपालिकाबाट उक्त टहरोलाई कुनै पनि स्वीकृत नदिने र संरचना हटाउन अभिप्रेरित गरिनेछ । साथै अन्यको हकमा (R.O.W बाहेक) वडा कार्यालय सर्जमिन, सिफारिस र सम्बन्धित टहराको वहाल कर सहित आधारमा नगरपालिकाको नक्शा शाखाबाट टहराको वर्गीकरणको आधारमा नियमानुसार राजस्व लिई कैफियत टहरा सम्पन्न प्रमाण पत्र दिइने छ ।थप जानकारीका लागि वडा कार्यालयमा सम्पर्क राख्न समेत उनले जानकारी गराएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।