बौद्धनाथ परिसर सरसफाई गर्न पुगे : मन्त्री किराती
कपन अनलाइन
काठमाडौं जेठ २१ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती काठमाडौंको बौद्धनाथ परिसर सरसफाई अभियानमा सहभागी भएका छन । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा शनिबार बिहान भएको सास्कृतिक सम्पदा सरसफाई कार्यक्रममा मन्त्री किराती सहभागी भएका हुन ।
मन्त्री किरातीले प्रत्येक शनिवार पशुपति क्षेत्रको सरसफाई गर्ने अभियान चलाउदै आएका थिए । पशुपति क्षेत्र सरसफाई अभियान सकिए संगै उनि शनिबार विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ परिसर सरसफाईका लागि पुगेका हुन । मन्त्री किरातीलाइ उक्त सरसफाई कार्यक्रम श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ पशुपति (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ सस्कृति बचाउ अभियाँनका इन्द्रेणी कार्यक्रम चलाउदै आएका चर्चित कृष्ण कडेल, कलाकार बुद्दी तामाङ लगायत बिभिन्न संघ संस्था बाट आएका ब्यक्तिहरुले सहजीकरण गरेका थिए ।
कार्यक्रममा श्री बौद्ध नाथ क्षेत्र बिकास समितिले सरसफाई अभियानमा “हाम्रो सम्पदा राम्रो सम्पदा , फोहोर नगरौ ” जस्ता सन्देशमुलक माइकमा अनुरोध पुर्वक गीतहरु बजाएको थियो ।बौद्धनाथ परिसरमा झाडु बोकी सरसफाईमा जुटेका मन्त्री किरातीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएकाले विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ परिसरलाई सबै मिलेर सफा राख्नुपर्ने बताए । उनले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्नेमा समेत उनले जोड दिएका थिए ।
उनले पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले पनि सम्पदा क्षेत्रको सरसफाई अभियान संचालन गरेको बताए । उनले सहभागी सबैलाई धन्यवाद दिदै आगामी शनिबार स्वयम्भु क्षेत्र सरसफाई गरिने हुँदा उक्त कार्यक्रममा समेत सहभागिताको लागि अनुरोध गरेका थिए ।
अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्याउने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराए । उनले सरसफाईमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन ।