भिजन क्लब इन्टरनेसनल द्वारा नयाँ जीवन नेपाल संस्थालाइ डायपर वितरण

भिजन क्लब इन्टरनेसनल द्वारा  नयाँ जीवन नेपाल  संस्थालाइ डायपर वितरण

कपन अनलाइन 

काठमाडौं,जेठ २१।  सामाजिक तथा मानवीय सेवा गर्ने उदेश्यका साथ् खोलिएको  भिजन क्लब इन्टरनेसनल  अन्तर्गतको भिजन क्लब अफ काठमाडौँ ले डायपर  प्रदान गरेको छ । क्लबले शनिबार बिहान  गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित नया जीवन नेपाल संस्थालाइ डायपर  वितरण  गरेको क्लबका सदस्य  जीवन श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।

नयाँ जीवन नेपाल संस्थाले  बौद्धिक अपांगता भएका बालबालिकाहरुलाइ संरक्षण गर्दै आइरहेको छ  उक्त संस्थामा आश्रय लिइरहेकाहरुको  दैनिक जीवन सहजीकरणका लागि  आवश्यक डायपर   वितरण गरेको हो । कार्यक्रममा लायन्स पुर्व डिस्ट्रिक गभर्नर लायन  कुमार राज सुवेदी सहित क्लबका  पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।