रष्ट्रिय रग्बी सेभेन्स आजदेखि

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ  १९।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ७–७ टिमको सहभागिता रहने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । सात प्रदेश र विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ टिमको सहभागिता रहने छ ।
प्रतियोगिता कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि छनोटका रुपमा समेत रहेको नेपाल रग्बी संघका प्रबन्ध निर्देशक विजय खड्काले जानकारी गराए । दुईदिने प्रतियोगिताका खेलहरु भक्तपुरको सानो थिमीस्थित मैदानमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।