शान्ति होस : कमला श्रेष्ठ (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
कुनै पनि देशमा हत्या हिंसा झै झगडाले डेरा नजमाएको हामीले नसुनेका छैनौं । हरेक घर समाज राष्ट्र ति कुरालाई हटाएर सुव्यवस्थित शान्ति चाहान्छ । तेसमा नेताहरु एक आपसमा मेल मिलाप गरेर एक आपसमा सहयोग गरेर देश र जनतालाई सुमार्गमा लानुको साटो एक अर्काको खुट्टा तान्ने र दोषारोपण गरी राखेको पाईन्छ । काम गर्ने मान्छेलाई सहयोग गरेर उचित सलाह दिन म ठिक मान्छु देशमा शान्ति र शिक्षा बिना विकास सम्भव छैन । मुखले एउटा कुरा बोलेर मनले अर्कों गरेर कहिल्ये शान्ति उन्नति हुदैन । अशिक्षा बेरोजÞगारीले मानिसलाई धेरै तल पारेको छ । यसले गर्दा मानिसहरुमा सद्ज्ञान आएको छैन । उनको मनमा शान्ति छैन । मानिसहरु यत्र तत्र भौतारी रहेछन् । यो सबै अशिक्षित, आर्जनको कमिले जस्तों मलाई लाग्छ । तसर्थ देशको गाउँको विकास हुन सबै शिक्षित भई बेरोजगारी हटनु पर्छ । सबैलाई शान्ति भएमा देशको बिकाश सु–सम्पन्न जीवनको आश गर्न सकिन्छ । हरेकले आफ्नो मानसिक शारीरिक सामाजिक स्थिति राम्रो राख्न शान्ति र विकासको आवश्यक छ । नेताहरु विभिन्न पार्टीहरु खोलेर आपसमा कलहपुर्ण बातावरण सिर्जना गर्नु भन्दा एकजुट भई देश जनताको सेबा गर्छांै भन्नेमा लागे सारै राम्रो हुने थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।