हिसान काठमाडौंले जेठ २२ गते प्रथम हिसान म्याराथन–२०२३ आयोजना गर्ने

हिसान काठमाडौंले जेठ २२ गते प्रथम हिसान म्याराथन–२०२३ आयोजना गर्ने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्ला कार्य समितिले विश्व वातावरण दिवसको अवसर पार्दै प्रथम हिसान म्याराथन–२०२३ को आयोजना गर्ने भएको छ ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिसान काठमाडौं जिल्ला कार्यसमितिले उक्त म्याराथन आयोजना गरिने बारे जानकारी गराएको हो । हिसान काठमाडौंले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २२गते प्रतियोगीता आयोजना गरिरहेको जानकारी दिएको छ।
‘लेट्स रन टुगेदर फर इन्भाइरोमेन्ट’ भन्ने मुलनाराका साथ उच्च शिक्षालय तथा माध्यमिक हिसान काठमाडौं जिल्ला कार्यसमितिले आगामी जेठ २२ गते (सोमबार) प्रथम हिसान म्याराथन–२०२३ प्रतियोगीता आयोजना गरिरहेको जानकारी दिएको छ।
हिसानले शिक्षाको नीति, स्वरूप र दिशा निर्धारणमा सरकारलाई विभिन्न हिसावले सहयोग गरिरहेको र अर्कोतर्फ विभिन्न समयमा समसामयिक विषयवस्तुमा छलफल, बहस एवं जनसरोकारका विषयमा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताएको छ ।
वातावरण संरक्षण आजको एक महत्वपूर्ण चुनौती भएको बताउँदै हिसान काठमाडौंले वातावरण आफैँमा एउटा बहुआयामिक विषय रहेको सन्दर्भमा हिसानले पनि यसको महत्वलाई दर्शाउने हिसाबले विश्व वातावरणदिवसको अवसरमा उक्त प्रतियोगिता आयोजनागर्न लागेको जनाएको हो।
प्रतियोगिता जेठ २२ गते बिहान७ बजे हिसान कार्यालय रहेको ट्रेड टावर थापाथलीबाट युवातथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सुरू हुने हिसान काठमाडौंले जनाएको छ।
हिसानका सदस्य संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरुले करिब ४ किलोमिटरको दूरीमा दौड सञ्चालनहुने र तोकिएको तहका नियमित विद्यार्थीहरुले मात्र प्रतियोगितामा भाग लिन पाउने जनाईएको छ।
हिसान काठमाडौंले सो म्याराथुनको रुट थापाथली ट्रेड टावर, थापाथली, त्रिपुरेश्वर(रंगशाला), सुन्धारा, न्युरोडगेट, रत्नर्पाक, जमल, त्रि–चन्द्र कलेज, पुरानो बसपार्क, रामशाहपथ, माइतीघर हुँदै पुनः सुरू भएको विन्दुमा आएर समापन हुने बताएको छ।
प्रतियोगितामा महिला र पुरुष गरी करिव ३ सय जना प्रतिष्पर्धी सहभागी हुने र महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशःनगद १५ हजार, १० हजार र पाँचहजार राशिको पुरस्कार व्यवस्था गरिएको हिसान काठमाडौंले जानकारी दिएको छ।
यस्तै, महिला र पुरुषतर्फथप ३/३ जनालाई सान्तवना पुरस्कार स्वरुप एक हजार रूपैयाँ उपलब्ध गराइने जनाईएको छ । हिसान काठमाडौंले कार्यक्रम तयारीमा आजसम्म साथर सहयोग दिने सम्पूर्णप्रति आभार व्यक्त गर्दै कार्यक्रमको दौरानमा नेपालप्रहरी, ट्राफिक प्रहरी लगायतका सम्बन्धित निकायबाट पूर्ण सहयोगको अपेक्षा लिएको छ ।
प्रथम हिसान म्याराथनका कार्यक्रम संयोजक कृष्ण गौतमले उक्त प्रतियोगीता सफल बनाउनआग्रह गरेका छन्। उनले समग्र देशको शिक्षालाई अगाडि बढाउन हिसानले लामो समयदेखि भूमिका खेलिरहेको बताउँदै विश्व वातावरण दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जनाए ।
उक्त प्रतियोगिताको प्राविधिक व्यवस्थापन भने नेपाल एथ्लेटिक्स संघले गरेको छ ।हिसान काठमाडौं कार्यसमिति अध्यक्ष शिव अधिकारीले दिनदिनै विश्वमा वातावरण प्रदुषणहुँदै गरेको अवस्थामा विद्यार्थीहरूलाई जागरण गराउने उद्देश्यले प्रथम म्याराथनको प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे ।
कार्यक्रममा हिसान काठमाडौं अध्यक्ष शिव अधिकारी, प्रथम हिसान म्याराथनका संयोजक कृष्ण गौतम, हिसान काठमाडौं कार्यसमिति सचिव गोपीराज पराजुली र कार्यसमिति सदस्य राजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।