कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं जेठ १७ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ ले सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष अनिल थापाले जारि गरेको उक्त सुचनामा कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ अन्तर्गत खहरे चोक देखि मानटार चोक सम्म सार्वजनिक जग्गामा बोरिंङ गर्नुको साथै सार्वजनिक जग्गामा संरचना बनाइ भोग चलन गरेको देखिएकोले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र उक्त संरचना हटाई जग्गा खालि गरिदिनको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।