मानव कल्याण समाज नेपालको आयोजनामा झोल साबुन , हार्पिक, फिनायल बनाउने तालिम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १७।
मानव कल्याण समाज नेपालको आयोजनामा झोल साबुन , हार्पिक, फिनायल बनाउने तालिम सम्पन्न भएको छ। गाेकर्णेशर नगरपालिकाको सहयोगमा झोल साबुन , हार्पिक, फिनायल बनाउने तीन दिने तालिम सम्पन्न भएको हो।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको इस्टपोल मावीमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा रहेकी थिइन् ।
महिलाहरुको शिप विकास र आर्थिक उपार्जनका लागि आयोजना गरिएको सो तालिमको समापन कार्यक्रममा वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुवेदी तथा वडा सदस्यहरु धर्म थिङ्ग , लक्ष्मी पुडासैनी, कमला नेपाली तथा पुर्व वडा सदस्य दुर्गा फुयाल , ईस्टपोल माविका पिन्सिपल राजेस राई , समाजसेवी घनश्याम गौतम,योगदान राष्ट्रका लागि गोनपाका अध्यक्ष कृष्ण प्रसाद चौलागाईं लगायत अतिथि रहेको गायत्री ढकालले जानकारी दिएकी छन।