कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १६।
रास्ट्रिय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका वडा नं ५ तदर्थ समिती गठन भएको छ। जेष्ठ १५ गते भएको राष्ट्रिय स्वतन्त्र पार्टीको वडा स्तरिय बिस्तारित बैठक तथा भेलाले लक्ष्मण रोक्काको सभापतित्वमा ११ सदस्यीय समिती चयन गरेको हो।
उक्त भेलाले वडा समितीको उपसभापतिमा प्रदीप तामाङ र सचीव शान्ता तामाङलाई चयन गरेको छ भने सदस्यहरुमा भिमसेन लामा, सुमन पुर्कुटी, लाले तामाङ, राजु लामा, अप्सरा ठकुरी, सोम बहादुर लामा, राधिका धिताल र मीना नगरकोटी चयन भएका छन।
डा.प्रणय राणाको प्रमुख आतिथ्य र नगर संयोजक निमा लामाको सभापतित्वमा भएको सो भेलामा केन्द्रीय बिभाग सदस्य निरज गौली प्रदेश प्रवक्ता उत्सव अर्याल ,प्रदेश सदस्य गीता पौड्याल,प्रदेश शिक्षा बिभाग सदस्य दीपक थापा,ऋषिकेश श्रेष्ठ,क्षेत्र नं ५”ख” प्रभारी(incharge) कृष्ण तामाङ,टोखा नगरपालिका संयोजक सुर्य राज काफ्लेलगायतको उपस्थिति रहेको थियो।