चिनारी साकोस गोकर्णेश्वर-४ द्वारा आयोजित बृहत रक्तदान तथा मधुमेह परिक्षण सम्पन्न

चिनारी साकोस  गोकर्णेश्वर-४ द्वारा आयोजित बृहत रक्तदान तथा मधुमेह परिक्षण सम्पन्न

कपन अनलाइन

काठमाडौँ जेठ १४ । चिनारी साकोसको मूल प्रतिबद्धता आर्थिक ,सामाजिक सांस्कृतिक बिकासमा सहकार्यता भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  बृहत रक्तदान तथा मधुमेह परिक्षण सम्पन्न भएको छ ।

  शनिबार चिनारी बचत तथा  ऋण सहकारी संस्थाको १४ औ स्थापना दिवसको अवसरमा काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड( कास्कुन) र ब्लोदानको संयोजनमा बिहान ९ बजे देखि १ बजे सम्म संचालन भएकोउक्त रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको र त्यसै गरि १ सय भन्दा बढीको नि:शुल्क  मधुमेह परिक्षण गरिएको आयोजकले जानकारी गराएको छ ।

 चिनारी साकोसको परिसरमा भएको उक्त रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, आयोजक संस्थाका पदाधिकारी सहित बचतकर्ता र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सहआयोजकमा  उत्तरबाहिनी बोर्डिंग  स्कुल र चिनारी नेपाल रहेको समेत आयोजकले जानकारी गराएको छ संस्थाले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम गर्दै आएको छ  ।

तपाइँको प्रतिक्रिया ।