राष्ट्रिय शहिद तथा शान्ति  पार्क निजामति  स्मारक  यज्ञडोल (जगडोल)सामुदायिक वनको १७ औं  स्थापना दिवस मनाइयो

राष्ट्रिय शहिद तथा  शान्ति  पार्क निजामति  स्मारक  यज्ञडोल (जगडोल)सामुदायिक वनको १७ औं  स्थापना दिवस मनाइयो

कपन अनलाइन

काठमाडौँ, जेठ ११ ।   राष्ट्रिय शहिद तथा  शान्ति  पार्क निजामति  स्मारक  यज्ञडोल (जगडोल)सामुदायिक वनको १७ औं  स्थापना दिवस मनाइएको छ ।   आज राष्ट्रिय शहिद तथा  शान्ति  पार्क निजामति  स्मारक  यज्ञडोल (जगडोल)सामुदायिक वनपर्यापर्यटन प्रवर्द्धन तथा उद्यान ब्यबस्थापन समिति द्वारा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव रहेका थिए भने बिशेष अतिथिको रुपमा,काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद सन्तोष चालिसे, पुर्व सांसद कृष्ण बहादुर राइ  पुर्व बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाल

 गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल उप प्रमुख सान्नानी लामा, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुदीप पाठक ,वडा अध्यक्षहरु वडा सदस्यहरु नेकपा (माओावादी केन्द्र) काठमाडौँका सचिव महेश्वर फुयाँल, द्वन्द्वपीडित सुरक्षाकर्मी सङ्गठनका अध्यक्ष रीता कार्की, शहीद परिवारका सदस्य द्रोण लामिछाने,  राष्ट्रिय शहिद तथा  शान्ति  पार्क निजामति  स्मारक  यज्ञडोल (जगडोल)सामुदायिक वनपर्यापर्यटन प्रवर्द्धन तथा उद्यान ब्यबस्थापन समितिका पदाधिकारीहरु सहित स्थानीयको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले गरेका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै  उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्ने बताएका छन । उपराष्ट्रपति यादवले उ आफू वन तथा वातावरण मन्त्री हुँदा पनि काम रोकिएर अलपत्र बनेको स्मारकको काम अघि बढाउन सहयोग गरेको स्मरण गरेका थिए । विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको बलमा स्थापित संसद्ले परिवर्तनका लागि योगदान गर्ने शहीदका नाममा स्मारक बनाउने घोषणा गरेको उपराष्ट्रपति यादवले बताए । मुलुकका लागि शहादत हुने शहीदको नाममा निर्माण भइरहेको स्मारक पूरा गर्न सबैको योगदान हुनुपर्ने उल्लेख गर्दै  त्यसमा आफूले पनि सघाउने बचन  दिएका छन ।

कार्यक्रममा शुभकामना मन्तब्य  राख्दै काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले राज्यका तर्फबाट सम्बोधन हुनुपर्ने विषयमा केही नहुँदा जनतामा वितृष्णा बढेको उल्लेख गर्दै जनचासोका विषयको सुनुवाइ हुनुपर्नेमा जोड दिएका थिए ।छ महिनामा संसद्ले परिवर्तनको अनुभूति दिने गरी काम नगरे ठुलो दुर्घटना हुने  भन्दै उनले त्यसका लागि पक्ष, प्रतिपक्ष नभनी सबै एक भएर काम गर्नुपर्नेमा जोड  दिएका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य  राख्दैगोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले स्मारकले ‘शहीद मुकेश कायस्थ हेड इञ्जुरी’ निर्माणका लागि २२ रोपनी जग्गा दिएकोमा  धन्यवाद दिदै रु ३२ करोडको ठेक्का गरी काम अघि बढाइएको जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुदीप पाठक, पूर्व सांसद कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, नेकपा (माओावादी केन्द्र) काठमाडौँका सचिव महेश्वर फुयाँल, द्वन्द्वपीडित सुरक्षाकर्मी सङ्गठनका अध्यक्ष रीता कार्की, शहीद परिवारका सदस्य द्रोण लामिछानेलगायतले अलपत्र रहेका स्मारकका संरचना छिटो निर्माणको पहल गरिदिन आग्रह गरेका थिए ।

 अध्यक्षताको आसन बाट बोल्दै स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले निर्माण सुरु भएको डेढ दशक हुँदा पनि काम सक्न पैसा छैन भन्ने जवाफ आउनु दुःखद् भएको बताए । आगामी आर्थिक वर्षमा स्मारकको काम सकाउन वन मन्त्रालयबाट रु नौ करोड, सहरी विकास मन्त्रालयबाट रु १० करोड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट रु २४ करोड प्राप्त हुने आश्वासन पाएको जानकारी गराएका थिए । विसं २०७० मै आयोजना सम्पन्न गरी शहीद स्मारक सञ्चालनमा ल्याउने तयारी गरिएकामा सरकारी ढिलासुस्तीका साथै निर्माण व्यवसायीको आलटालले काम हुन नसकेको यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षसमेत  रहेका  स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सिग्देलले  बताए । गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा फैलिएको रमणीयस्थलको सामुदायिक वनमा स्वीकृत वन कार्ययोजना अनुसार स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि शहादत प्राप्त गर्ने शहीदको स्मृतिमा स्मारक बनाउने निर्णय भएको थियो ।

निर्माणकार्य जुन गतिमा अगाडि बढ्नुपर्ने हो सो अनुसार बढ्न नसक्नुमा निर्माण व्यवसायीसम्बन्धी समस्या, आठ वर्ष अघिको भूकम्प, त्यसपछि सीमानाकामा भएको अघोषित नाकाबन्दीलगायत कारणले पनि लक्ष्य अनुसारको प्रगति हुनसकेको थिएन । स्मारक निर्माणका लागि कूल लागत रु ४६ करोड ७१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको जनाइएको छ ।

आयोजनाको वित्तीय प्रगति ५८ प्रतिशत अर्थात् रु २७ करोड खर्च भएको छ । जसमा ६५० रोपनी क्षेत्रफलभित्र वरिपरि घेरिएको पर्खाल, सडक निर्माण, केही बाटोको ट्र्याक खोल्ने प्रक्रिया अघि बढेको छ । निर्माण सम्पन्न भइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि लड्ने, देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रदासुमन अर्पण गरी उहाँहरूको स्मृतिलाई चिरकालसम्म ताजगी राख्ने पवित्र तीर्थस्थलका रूपमा उपयोग हुने समितिका अध्यक्ष सिग्देल  बताउछन  ।

तपाइँको प्रतिक्रिया ।