नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रको पर्खाल सारेर सडक चौडा गर्न सांसद ठकुरीको माग
कपन अनलाइन
काठमाडौँ जेठ ११ । बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रको पर्खाल सारेर सडक चौडा गर्न नसक्दा बागमती करिडोर सडक स्तारोन्नतीमा समस्या भइरहेको बताए । बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद ठकुरीले सो विषयमा पनि सरकारले गम्भिर रुपमा लिएर काम गर्नुपर्ने बताए । उनले रत्नपार्कबाट सुन्दरीजलसम्म साझा बस सेवा पुर्याउन पहल गर्नपनि आग्रह गरे ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ कर्णाली जस्तै विकट रहेकाले सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्नेमा उनको जोड रहेको थियो । विकासमा पछाडि परेको क्षेत्रहरूलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउनु पर्ने ठकुरीको भनाई छ । काठमाडौँ विकसित जिल्ला भएपनि काठमाडौं क्षेत्र ३ निर्वाचन क्षेत्र सडक, खानेपानी, यातायात सुविधाको अवस्था अत्यन्त कमजोर रहेको उनले बताए ।
सांसद ठकुरीले प्रदेशका कुनैपनि क्षेत्रमा एक करोड रुपैयाँ भन्दा कम लागतमा विकास निर्माणका काम हुनसक्ने अवस्था नरहेका कारण त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका हुन । एक वडामा एक करोड रुपैयाँका दरले बजेट पर्नुपर्ने ठकुरीको भनाई रहेको थियो ।