बुढानिलकण्ठ -५ मा खानेपानी  व्यवस्थापन सम्बन्धी अन्तरक्रिया हुने

बुढानिलकण्ठ -५ मा  खानेपानी  व्यवस्थापन सम्बन्धी अन्तरक्रिया हुने

कपन अनलाइन

काठमाडौँ जेठ ११ ।   बुढानिलकण्ठ नगरपालिका वडा नं ५ ले  खानेपानी  व्यवस्थापन सम्बन्धी अन्तरक्रिया हुने  बारे सार्वजनिक सुचना जारी गरेको छ ।

 वडा अध्यक्ष कृष्ण शाह ठकुरीले जारी गरेको उक्त सुचनामा  बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा  वडा परिसरमा जेठ २६ गते बिहान ७: ३० बजे खानेपानी  व्यवस्थापन सम्बन्धी अन्तरक्रिया आयोजना गरिने भएको हुँदा वडा क्षेत्र भित्रका क्रियाशील उपभोक्ता समिति, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनैतिक दलका प्रतिनिधि, सामाजिक बुद्दिजिवि र अन्य सरोकारवाल सबैलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।