नवौं ईक्यान शैक्षिक मेला आज समापन हुँदै

नवौं ईक्यान शैक्षिक मेला आज समापन हुँदै

काठमाडौँ । राजाधानिको  भृकुटी मण्डपमा चलिरहेको नवौं ईक्यान शैक्षिक मेला आज समापन हुँदै छ । आज साँझ ५ बजे परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे द्वारा अहिले चलिरहेको नवौं ईक्यान शैक्षिक मेला समापन गर्ने  कार्यक्रम रहेको छ ।

विश्वका विभिन्न मुलुकहरुका कलेजहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि  सम्पुर्ण जानकारी र परामर्श दिने उद्देश्यका साथ शुरु भएको नवौं ईक्यान शैक्षिक मेला आज सकिंदैछ ।

ecan

२ सयभन्दा बढी स्टलहरुमा विद्यार्थी एवं अभिभावकले आफूले अध्ययन गर्न चाहेको विषय, जान खोजेको मुलुक, त्यहाँको भिसा आवेदन प्रक्रिया लगायतका विषयमा सहजै जानकारी लिन सक्ने ब्यवस्था मिलाइएको थियो ।

मेलामा अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान , क्यानडा, न्यूजिल्याण्ड, चीन, भारत, बंगलादेश सहितका विभिन्न मुलुकमा अध्ययनका लागि परामर्शदाता र कलेजका प्रतिनिधिले परामर्श दिएका थिए ।

बर्षातको समय भएपनी मेलामा आउने विद्यार्थीको संख्या कम भने भएको छैन । मेलाको अन्तिम दिन भएकाले विद्यार्थी आउने क्रम जारी रहेको मेला संयोजक एवं इक्यान उपाध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया ।