निजि तथा आवासीय बिध्यालय संगठन काठमाडौ (PABSOK) को अध्यक्षमा राजन श्रेष्ठ,को को बने पदाधिकारी ?

कपन अनलाइन
काठमाडौं, बैशाख ३१।

निजि तथा आवासीय बिध्यालय संगठन काठमाडौ (PABSOK) को अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन। काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको सिद्दार्थ बुटिक होटलमा सम्पन्न पाँचौ अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

उक्त अधिवेसनबाट निजि तथा आवासीय बिध्यालय संगठन काठमाडौ (PABSOK) को उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा र  महासचिवमा सुदिप काफ्ले चयन भएका छन।

त्यस्तै सो अधिवेसनबाट उपमहासचिवमा राजु पुडासैनी,सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा  राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरुङ चयन भएका छन।

नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा भएको सो अधिवेसनबाट निजि तथा आवासीय बिध्यालय संगठन काठमाडौको सदस्यमा रूपक लामिछाने , मुरारि चालिसे, शिव तिमसिना,सुरेन्द्र मगर , निराजन आचार्य ,सन्तु खड्का र  सुस्मिता मैनाली चयन भएका छन।

 

तपाइँको प्रतिक्रिया ।