बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा बच्पन स्कूल काठमाण्डौको उदघाटन

कपन अनलाइन
काठमाडौं, बैशाख ३१।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा बच्पन स्कूलको उदघाटन भएको छ। बागमती प्रदेस सभा सदस्य जयराम थापाले वडा नं १३ मा स्थापना भएको सो विद्यालयको उदघाटन गरेका थिए।

शिक्षाकाे परिवर्तनले मात्र देशमा परिवर्तन गर्न सकिन्छ भन्दै सभासद् थापाले देशमा गुर्णस्तरिय शिक्षाकाे खाँचो रहेको  बताउदै प्रमुख अतिथि थापाले  बुढानीलकण्ठ नगरपालिका लागि ध्यान दिंदै एक अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक विद्यालयकाे स्थापन भएकोमा  उन्नति तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा बिद्यालयका निर्देशक  बिष्णुचन्द्र अधिकारीले उपस्थित हुने सम्पूर्ण मानुभावहरुलाई स्वागत गर्दै २१ औँ शताब्दीमा प्रतिस्पर्धा  गर्न सक्ने जनशक्ति उत्पादन तर्फ सो  स्कूल  संचालन गर्न लागेको जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा वडा नं १० का अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी र वडा नं १३ का अध्यक्ष   टीका नारायण श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।

बच्पन प्ले स्कूल दिल्लीबाट आउनु भएका दीपेन्द्र चन्द्र रोयले तीन दिन सम्म शिक्षक शिक्षिकाहरुलाई तालिम प्रदान गर्दै  बाल मस्तिष्क अनुसार चौतर्फी विकासकाका लागि बच्चपन स्कूल काठमाण्डौले ठूलो भूमिका खेल्ने विस्वास व्यक्त गरेका थिए  ।

उक्त कार्यक्रममा बच्चपन स्कूल चुनदेवीका अध्यक्ष  हरि प्रसाद देवकोटाले शिक्षाकाे प्रयोगतमाक पक्षमा बच्चपन स्कूलले ध्यान दिनेछ भन्दै पूर्व प्राथमिक शिक्षाकाे बारेमा जानकारी प्रदान गरेका थिए ।

करिब २५० जना अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रम बच्चपन स्कूलकी काउन्सिलर  सरस्वती विष्टले सञ्चालन गरेकी थिइन् भने  विद्यालयका प्रिन्सिपल  राम प्रसाद गौतमले कार्यक्रमको  अध्यक्षता गरेका थिए।

तपाइँको प्रतिक्रिया ।