श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा पुन:निर्माण गरिएको ऐतिहासिक चारधारा ( कुवा) उद्घाटन

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा पुन:निर्माण गरिएको  ऐतिहासिक चारधारा ( कुवा) उद्घाटन

कपन अनलाइन

काठमाडौं बैशाख २७ ।काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध महांकाल स्थित  ऐतिहासिक चारधारा ( कुवा) पुन:निर्माण सम्पन्न भइ उद्घाटन गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग र चारघरे महांकाल एकता समाजको सहकार्यमा पुनर्निर्माण सम्पन्न भएको उक्त धाराको आज  उद्घाटन गरिएको हो। चारघरे महांकाल एकता समाजको अध्यक्ष सुरेन्द्र तामाङ ( सुजन)को अध्यक्षतामा भएको उक्त पुनार्निर्मित धारा कार्यक्रमका प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन।

कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल चारघरे महांकाल एकता समाजका सल्लाहकार  भरत जंग रायमाझी, श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ति माया  तामाङ समितिका सदस्यहरु पशुपति नाथ  खतिवडा, शैलेश श्रेष्ठ, राग्वा शेर्पा, समाजसेवी विवेक लामा, सोनाम लामा, समाजसेवी नबिन बज्र लामा,  समाज सेवी शम्भु अधिकारी कुशल लामा  राजेश थापा लगायत चारघरे महांकाल एकता समाजका पदाधिकारी सहित स्थानीयको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम संचालन सन्तोष सुवेदीले  गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले छ्योमे बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा चारघरे महांकाल एकता समाजका सल्लाहकार  भरत जंग रायमाझीले स्वागत मन्तब्य राख्दै  चारघरे महांकाल सिमानामा परेको हुँदा विकास निर्माणमा पछि परेको बताएका थिए। श्री बौद्धनाथ क्षेत्र विकास समिति बौद्धको मात्र घेरामा हो कि भन्ने पहिले स्थानीयले महसुस गरेको बताउदै समितिको अध्यक्षमा राजकुमार लामा आए संगै क्षेत्र विकास समिति सबैको साझा हो र सबै ठाउमा नजर पुर्याउनु पर्छ भन्ने उदेश्यका साथ अघि बढेको देख्दा खुसि लागेको बताए।  उनले आगामी दिनमा पनि क्षेत्र बिकास संग हातेमालो गरि अघि बढ्ने बताएका थिए।

करिब ८ लाख लागतमा पुनर्निमाण गरिएको उक्त  ऐतिहासिक चारधाराको प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले शिला पत्र संगै रिवन काटी उद्घाटन गरेका थिए।

 

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बिशेष अतिथि  गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नु अहिलेको पुस्ताको दायित्व  भएको बताए । उनले धारा पुनर्निर्माणमा सहयोग गरेकोमा श्री बौद्धनाथ क्षेत्र विकास समिति र चारघरे महांकाल एकता समाजलाइ धन्यवाद दिएका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण गर्नुको साथै क्षेत्रमा पर्ने धार्मिक संस्कृतिक सम्पदा संरक्षणको साथै क्षेत्रको विकास निर्माणमा समेत सहयोगी भूमिका खेल्दै आईरहेको बताएका थिए ।उनले स्वास्थ्य शिक्षा लगायतको क्षेत्रमा पनि विकास समितिले स्थानीय संग हातेमालो गर्दै अघि बढिरहेको बताएका थिए ।

 अध्यक्षताको आसन बाट बोल्दै चारघरे महांकाल एकता समाजको अध्यक्ष सुरेन्द्र तामाङ ( सुजन)ले उपस्थित सबैलाई धन्यवाद  दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।