बुढानिलकण्ठ-७ मा दुई सय शैयाको बाल अस्पताल बन्ने ,EIA प्रतिवेदनका लागि सार्वजनिक सुचना
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
बुढानिलकण्ठनगरपालिका वडा नं ७ मा निर्माण हुने दुई सय शैयाको बाल अस्पतालको EIA प्रतिवेदनका लागि सार्वजनिक सुचना निकालिएको छ।
वडा नं ७ मा रहेको सार्वजनिक जग्गा लिजमा लिएर निर्माण हुन् लागेको किओच -काठमाण्डौ बाल अस्पतालको वातावणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा सुझाव माग गर्दै सुचना प्रकासित गरिएको हो ।
पाँच तल्ले अस्पताल भवनसहित खेल मैदान ,विश्राम स्थल ,हरियाली क्षेत्र ,पार्किङ लगायतका पूर्वाधार निर्माण गरिने सो अस्पतालको वातावणीय प्रभाव मुल्यांकन प्रतिवेदनका लागि सुचना प्रकासित भएको मितिले ७ दिन भित्र सुझाव पेस गर्न अनुरोध गरिएको छ।
उक्त अस्पतालको विल्ड अप क्षेत्रफल २३९७१.३३ वर्ग किमी रहने छ भने ३८३५.२४ वर्ग किमी पार्किङ र ४० प्रतिसत क्षेत्र हरियाली रहने सुचनामा उल्लेख गरिएको छ।
सुचना :
तपाइँको प्रतिक्रिया ।