शंखरापुर नगरपालिकाको अवैधानिक टहरा हटाउने सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं,बैशाख २६ । शंखरापुर नगरपालिकाले अवैधानिक टहरा हटाउने सम्बन्धी ३५ दिने सार्वजनिक सुचना जारी गरेको छ । अधिकृत सुभद्रा पुडासैनीले जारि गरेको उक्त सुचनामा शंखरापुर नगरपालिकाको मिति २०७९/१२/३० गतेको कार्यपालिकाको निर्णयानुसार साबिक पुखुलाछी गा.बि.स वडा नं ४ क हाल यस नगरपालिकाको वडा नं ७ सुकेखोला संगै बन्दै गरेको अवैधानिक टहरा यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र हटाइ सो को जानकारी नगर कार्यपालिकाको कार्यालयमा गराउन सरोकारवाला सबैलाई सार्वजनिक सुचना माफर्त अनुरोध गरिएको छ ।
अन्यथा नगरपालिकाले प्रचलित कानुन बमोजिम सो अवैधानिक टहरा हटाउने र सो कार्यको लागत तथा क्षति सम्बन्धित ब्यक्ति स्वयंले नै बेहोर्नुपर्ने व्यहोरा समेत उक्त सुचनामा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।