अमेरिका लगायतका देशहरूमा पठाईदिन्छु भनी ३ करोड ५६ लाख ८ हजार ठगी गर्ने पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६ ।

वैदेशिक रोजगारीको लागि अमेरिका, बेलायत, जर्मनी तथा जापान लगायतका देशहरूमा पठाईदिन्छु भनी रु. ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन ।
जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ६ तेलकोट, नगरकोट बस्ने वर्ष ६८ को सिताराम बास्तोलालाई यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ  ।
तपाइँको प्रतिक्रिया ।