रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर बुढानिलकण्ठका एक जनाको मृत्यु

रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर बुढानिलकण्ठका  एक जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २३ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार बिहान एक जना पर्यटकको ज्यान गएको छ।

बेनी जोमसोम सडकअन्तर्गत पर्ने पर्यटकीय स्थल रुप्से झरनाको अवलोकन गर्न पुगेका  काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं  १ चपली बस्ने ५६ वर्षीय केशव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक किरण लामाका अनुसार झरना अवलोकन गर्दा ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीको बेनी अस्पतालमा उपचारका क्रममा  चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।