के सन्देश : प्रीति कौर ( कविता )

के सन्देश : प्रीति कौर ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २३ ।

विश्व शान्तिसँगै न्यानो माया छर्नेछु
मानवताको परिचय दिँदै
सांसारिक मालामा उनिनेछु
म भोलि बुद्ध हुनेछु ।

अज्ञानताको अन्धकारलाई छेड्दै
सबै प्राणीमा, मधुर मिठास भर्दै
यो संसारमा चम्कनेछु
म भोलि बुद्ध हुनेछु ।

दाजुभाइ दिदिबहिनी बीच हिंसा रोक्ने छु
सत्यताको बाटोमा सबैलाई अघि पार्नेछ
एउटा ज्ञानको ज्योति बन्नेछु
म भोलि बुद्ध हुनेछु ।

निस्वार्थ र सेवाको अपूर्व कर्म गर्नेछु
दिन दुःखीको हृदयको मर्म बुझ्नेछु
त्यसरी अघि बढ्नेछु
म भोलि बुद्ध हुनेछु ।

बगैंचाको फूलझैँ
धर्तीमा मग्मगाउने छु
आशा छ सबै माझ
खुशीको बहार ल्याउनेछु
नयाँ बाटो हिँड्नेछु
म भोलि बुद्ध हुनेछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।