बुढानिलकण्ठ -१२ मा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम शुरु
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २०।
बुढानिलकण्ठ -१२ मा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम शुरु भएको छ। वडा नं १२ को सभाहलमा सात दिन सम्म चल्ने सो तालिममा प्रस्तावना तथा प्रतिवेदन लेखनका शैदान्तिक तथा प्रयोगात्मक पक्षहरुका वारेमा प्रशिक्षण प्रदान गरिनेछ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सहयोग तथा मेलमिलाप महिला समुहको आयोजनामा भैरहेको सो तालिम बैशाख २० गते देखि २७ गते सम्म बिहान ११ बजे देखि १ बजे सम्म संचालन हुनेछ।
मेलमिलाप महिला समुहकी अध्यक्ष गीता रिजालको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष शान्ता ढकाल प्रमुख अतिथि रहेकी थिइन्।
वडा नं १२ का विभिन्न महिला संजाल र संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको सो तालिमको उदघाटन कार्यक्रममा वडा सदस्यहरु मिना बयलकोटी,ईश्वरी भट्टराई,डिल्ली प्रसाद खतिवडा , महिला संजालका पुर्व अध्यक्ष सावित्री ढकाल भट्टराई लगायतको उपस्थिति रहेको थियो