योजनाहरु संकलनबारे बुढानिलकण्ठ नगरपालिकाको अत्यन्त जरुरी सूचना !
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २०।
बुढानिलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ काे याेजना तथा विकास कार्यमा सहभागी हुनका लागि आ-आफ्नो टोल, बस्तीहरुमा गर्नु पर्ने योजना तथा कार्यक्रमहरु लिखित रुपमा पेश गर्नुहुन नगर भित्र रहेका संघ, संस्था, उपभोक्ता समिति, सहकारी संस्था लगायतका सामाजिक तथा सामुदायिक संघ संस्थाहरुलाई अनुरोध गरेको छ ।
नगरपालिकाले सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका संघ, संस्था, उपभोक्ता समिति, सहकारी संस्था लगायतका सामाजिक तथा सामुदायिक सङ्घ संस्थाले नगरपालिकासँगको समन्वयमा रही स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ (२) बमोजिम आफ्नो वार्षिक योजना, कार्यक्रम तथा बजेट नगरपालिकाको वार्षिक योजना, कार्यक्रम तथा बजेटमा समावेश गराएर मात्र सञ्चालन गर्नु/गराउनुहुन र नगरपालिकासँगको साझेदारीमा योजना, कार्यक्रम सञ्चालन गर्न इच्छुक सरोकारवाला निकायहरुले प्रस्ताव सहित आफ्नो वार्षिक योजना, कार्यक्रम तथा बजेटको विवरण २०८० वैशाख मसान्तभित्र अनिवार्य रुपमा नगरपालिकामा पेश गर्नुहुन जानकारी गराएको छ ।
सूचना :