बुढानिलकण्ठका विद्यालयमा छात्रवृतिको अवसर,धेरै बालउद्दार माविमा बालविकास र भादकालीमा कम
कपन अनलाइन
काठमाडौं, बैशाख १८।
बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकरी दिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार माविमा सबैभन्दा धेरै ७९ जना विद्यार्थीका लागि छात्रवृतिको अवसर रहेको छ भने बालविकास मावि र भादकाली विद्यालयमा ८ जनालाई छात्रवृति प्रदान गरिनेछ।
बुढानिलकण्ठ नगरपालिकाको छात्रवृति व्यवस्थापन समितीको निर्णय अनुसार नगरका विभिन्न सामुदायिक विद्यालयहरुमा छात्रवृति प्रदान गरिनेछ ।
नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकारी दिदै नगरपालिकाले निवेदन प्राथमिकीकरण गरेर बैशाख १५ गते भित्र विवरण बुझाउन विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।